सुदूर नेपाललाई विश्वसँग जोड्दै

९ दिनको अवधिमा अत्तरियाबाट झण्डै ६ लाख मुल्यका अबैध सामान बरामद

२०८१ मंसिर ११, ०३:२९ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरिया क्षेत्रबाट ९ दिनको अवधिमा प्रहरीले झण्डै ६ लाख मुल्यको अबैध सामान बरामद गरेको छ।

सोमबार मात्रै प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–१ अत्तरियाबाट लेडिज कुर्ति, सल, र उनी कुर्ता सुरुवाल बरामद गरेको छ। करिब एक लाख ४ हजार ७ सय मुल्यको सामान बरामद गरिएको प्रहरीले बताएको छ।

सो क्षेत्रबाट प्रहरीले अबैध माछा समेत बरामद गरेको छ। प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोदावरी नगरपालिका–१ अत्तरिया–धनगढी ६ लेन सडक किनारबाट सडेगलेका ५० किलो सिद्रा माछा बरामद गरेर नष्ट गरेको छ।

यस्तै इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–४ गोदावरी वनदेवी मन्दिर नजिकबाट लिपिस्टिक, मिक्स रातो चुरा लगायत गरेर करिब एक लाख ४ हजार ४२२ मुल्य पर्ने सामान बरामद गरेको छ। साथै कस्मेटिक सामान र लेडिज टोपी, लेडिज कुर्ता लगायत गरेर थप २ लाख ३३ हजार ७५० र फेन्सी सामानहरू समेत गरी ३ लाख ३८ हजार १७२ मुल्यको अबैध सामान बरामद गरेर भन्सार चलान गरिएको छ।
 

कमेन्ट लोड गर्नुस