धनगढीमा घरेलु मदिरा बरामद गरी नष्ट
२०७६ असार ८, ०७:१२
धनगढीमा घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ। धनगढी उप–महानगरपालिकाका विभिन्न वडाबाट बरामद गरिएको अवैध घरेलु मदिरा नष्ट पारिएको हो। उत्पादन तथा विक्री वितरण भई रहेको विशेष सुचनाको आधारमा उक्त स्थानहरुमा प्रहरी टोली परिचालन भई छापा मार्दा तयारी अवस्थामा रहेको ७ सय ४४ लिटर र कच्चा पदार्थ १ हजार ७ सय ७० लिटर बरामद गरी स्थानिय प्रशासन, जनप्रतिनिधीको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
कमेन्ट लोड गर्नुस