धनगढी ट्रेनिङ सेन्टर सञ्चालन
फरक किसिमले ब्रिज कोर्ष, ट्युसन कक्षा, तथा लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गर्ने उद्देश्य सहित धनगढीको कैलाली पुल नजिक धनगढी ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ। ट्रेनिङ सेन्टरले बिद्यार्थीहरुको भविश्यलाई ख्यालमा राखेर फरक किसिमले शिक्षा दिने दावी गरिएको छ। धनगढी ट्रेनिङ सेन्टरका प्रवन्ध निर्देशक बिनोद खड्काले अनुभवी प्रशिक्षकहरुद्वारा पठनपाठन गरी कक्षाहरु सञ्चालन गरिने बताए। एसईईमाथिका ट्युसन कक्षाहरु, ब्रिज कोष, लोकसेवा तथा शिक्षक सेवा लगायत बिभिन्न प्राबिधिक बिषयको पठनपाठन ट्रेनिङ सेन्टरबाट सञ्चालन हुने उनले बताए।