सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु, दुई जना घाइते

२०८१ मंसिर ९, ०४:४१ खबर संवाददाता

बाजुराः बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ।

आइतबार दिउँसो जिल्लाको हिमाली गाउँपालिका–१ खकरामा विद्युतको लाइन तान्न रुख काट्ने क्रममा रुखले च्यापिएर सोहि स्थानका ४३ बर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको हो। २ जना घाइते भएका छन्। ४८ वर्षीय सिद्धपुरी रोकायाको अवस्था गम्भिर रहेको छ। ३० वर्षीय पर्मलाल सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

युनास्थित कादुरी जलविद्युत आयोजनाको लाइन तान्न सल्लाको रुख काट्ने क्रममा यस्तो घटना घटेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनकबहादुर बोहराले बताए। उनका अनुसार घाइते दुबै जनालाई उपचारका लागि अस्पताल ल्याउन हेलिकप्टरको पहल भइरहेको छ। बिच्छ्या प्रहरी चौकी र कोल्टीबाट प्रहरीको टोली घटनास्थलमा गएको उनले बताए।

कमेन्ट लोड गर्नुस