नेपालमा पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्धन दिवस मनाइयो
काठमाडौं : नेपालमा पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्धन दिवस मनाइएको छ। स्वास्थ्य प्रवर्धनको प्रथम अन्तरराष्ट्रिय सम्मेलन क्यानाडाको ओटावामा २१ नोभेम्बर १९८६ सम्पन्न भएको सन्दर्भमा पहिलो पटक स्वास्थ्य प्रवर्धन दिवस मनाइएको हो।
शिक्षा संघ नेपालको आयोजनामा नेपालमा नोभेम्वर २१, २०२४ लाई राष्ट्रिय स्वास्थ्य प्रवर्धन दिवसको रूपमा मनाएकोछ। स्वास्थ्य प्रवर्धन आजको आवश्यकता, दीगो स्वास्थ्यको सुनिश्चितता भन्ने नाराकासाथ यो दिवस मनाइएको छ। स्वास्थ्य प्रवर्धन विधा तथा पेशालाई आम सरोकारवाला सवैलाई जानकारी दिन दिवस मनाउन सुरु गरिएको हो। दिवसलाई संस्थागत गर्न पैरवी गर्ने उद्देश्यका साथ आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरक्त सचिव डा. दिपेन्द्र रमण सिंहले बताए।