धनगढीमा लागूऔषधसहित दुई जना नियन्त्रणमा
धनगढीः धनगढीमा लागूऔषधसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ बाट सोही ठाउँ बस्ने २४ वर्षीय सागर राजी र धर्मेन्द्र धामीलाई नियन्त्रणमा लिएको हो। राजीको साथबाट १ ग्राम ३८० मिलिग्राम र धामीको साथबाट ३३० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारी दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।