धनगढीमा टिप्परको ठक्करबाट एक जना घाइते
धनगढीः कैलालीको धनगढीमा टिप्परको ठक्करबाट एक जना घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी नजिक सहिदगेटबाट हसनपुरतिर जाँदै गरेको कञ्चनपुरको बेदकोट नगरपालिका–१० का दिपकराज भट्टले चलाएको सुदूूरपश्चिम प्रदेश ०१००१ ख २२२१ नम्बरको टिप्परले ठक्कर दिँदा दुर्घटना भएको हो।
टिप्परको ठक्करबाट गोदावरी नगरपालिका–४ का मोटरसाइकल चालक ६४ वर्षीय भक्तबहादुर साहु घाइते भएका छन्। उनको दायाँ खुट्टा, दाहिने हात र मुखमा चोट लागेको छ। टिप्पर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।