सुदूर नेपाललाई विश्वसँग जोड्दै

जुवा मुद्दामा फरार रहेका दुई जना डडेल्धुराबाट पक्राउ  

२०८१ मंसिर ५, १०:३१ खबर संवाददाता

डडेल्धुराः जुवा मुद्दामा फरार रहेका दुई जना डडेल्धुराबाट पक्राउ परेका छन्।

जुवा मुद्दामा फरार रहेका अमरगढी नगरपालिका–८ बस्ने ३६ वर्षीय राजेन्द्र प्रसाद ओझा र दार्चुलाको दुहु गाउँपालिका–१ बस्ने ४० वर्षीय बिरेन्द्र सिंह बडाल पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय डडेल्धुराको मिति २०८० फागुन २९ गतेको फैसलाले जुवा मुद्दामा जनही ७ हजार जरीवाना ठहर गरेपछि दुबै जना फरार रहेका थिए। दुबै जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मंगलवार पक्राउ गरेको हो। 

कमेन्ट लोड गर्नुस