सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कर्मचारीले लगाए ताला

२०८१ मंसिर ४, ०७:४२ खबर संवाददाता

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको छ। त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीले प्रतिष्ठानमा ताला लगाएका हुुन्। बढुवा र स्तरवृद्विको माग सम्बोधन नभएको भन्दै ५८ जना शिक्षक कर्मचारीले प्रतिष्ठानमा तालाबन्दी गरेका हुन्।

तालाबन्दीका कारण त्यहाँ पठनपाठन नै बन्द भएको छ। यस्तै उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारलगायत पदाधिकारीको कार्यकक्ष तालाबन्दी हुँदा काम ठप्प भएको छ। प्रतिष्ठानमा करिब चार सय जना शिक्षक कर्मचारी कार्यरत छन्। जसमध्ये ७०÷७५ जना मात्रै स्थायी छन्। ठूलो सङ्ख्यामा करार र ज्यालादारी कर्मचारी कार्यरत छन्।

विगत लामो समयदेखि प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई स्थायी प्रक्रियाअघि नबढाइनु, अदालतले आन्दोलनरत कर्मचारीको पक्षमा फैसला गरिसक्दा र जुम्लामा बसेको सिनेट बैठकले आन्दोलरत कर्मचारीको मागलाई सम्बोधनको प्रक्रियाअघि बढाउने निर्णय गरे पनि प्रतिष्ठानका पदाधिकारीले कार्यान्वयनमा आनाकानी गरेपछि तालाबन्दी गरिएको आन्दोलनरत कर्मचारीले बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस