कैलालीबाट लागूऔषध र चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
धनगढीः कैलालीबाट लागूऔषध र चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको जानकी गाउँपालिका–९ का २६ वर्षीय शंकर थापा र चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका–१ बस्ने ४० वर्षीय डम्मरबहादुर थापा पक्राउ परेका हुन्।
जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर गरेपछि दुबै जना फरार रहेका थिए। दुबै जनालाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।