कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–२ मिलन चोक र धनगढी उपमहानगरपालिका–१२ कम्पनी टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ९० हजार १२६ मूल्य बराबरको सामान बरामद गरिएको हो। उक्त मुल्य बराबरको चिनी, बिभिन्न कम्पनिका मोबाइल चार्जर लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
यस्तै कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त नगरपालिका–२ भासी, भीमदत्त नगरपालिका–४ बसपार्क र बेदकोट नगरपालिका–७ डाउनाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ७८ हजार ८६० मूल्य बराबरको सामान बरामद गरिएको हो। उक्त मुल्य बराबरको चिनी, तरकारी, हार्डवेयर लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी गस्ती टोलीले शुक्रवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।