सुदूर नेपाललाई विश्वसँग जोड्दै

डिजेल र मट्टीतेलको मूल्य बढ्यो

साङ्केतिक
साङ्केतिक
२०८१ कार्तिक ३०, ०९:५४ खबर संवाददाता

काठमाडौँः नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ।

निगम सञ्चालक समितिको आजको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो। मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ। इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.३२ र डिजेलमा २.५४ रुपैँयाले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ।
 

कमेन्ट लोड गर्नुस