सुदूर नेपाललाई विश्वसँग जोड्दै

शाहरुख खानलाई ज्यान मार्ने धम्की दिएको आरोपमा वकिल पक्राउ

२०८१ कार्तिक २७, ०८:०१ खबर संवाददाता

एजेन्सिः बलिउड अभिनेता शाहरुख खानलाई ज्यान मार्ने धम्की दिएको आरोपमा मुम्बई प्रहरीले मङ्गलवार एक जनालाई पक्राउ गरेको छ।

छत्तीसगढको राजधानी रायपुरबाट पक्राउ पर्नेमा फैजान खान नामका वकिल रहेको बताइएको छ। गत हप्ता रायपुरमा सोधपुछ गरेपछि प्रहरीले फैजान खानलाई नोभेम्बर ११ मा बान्द्रा प्रहरी चौकीमा बोलाएको थियो। नोभेम्बर ५ मा मुम्बईको बान्द्रा पुलिस स्टेसनमा फोन गरी शाहरुख खानलाई मार्ने धम्की दिँदै ५० लाख भारु मागेको रायपुरका एक प्रहरी अधिकारीले बताएका छन्।

यो धम्की आएपछि प्रहरीले फोन गर्ने ती अज्ञात व्यक्ति विरुद्ध भारतीय न्याय संहिताको धारा ३०८ र ३५१ अनुसार मुद्दा दर्ता गरेको थियो। धम्की आएको फोनको सिमकार्ड रायपुरका फैजान खानको नाममा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
 

कमेन्ट लोड गर्नुस