सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते

फाइल फोटो
फाइल फोटो
२०८१ कार्तिक २७, ०५:१२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा दुई जना मोटरसाइकलको ठक्करबाट घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–१५ कनरीमा सोहि ठाउँका इन्द्रबहादुर लुहारले चलाएको सुदूरपश्चिम प्रदेश ०१०११ प ४३१४ नम्बरको मोटरसाइकलको ठक्करबाट दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्रसिं बोहराले बताए।

घाइते हुनेमा कनरीका ४० वर्षीय सुशिल चौधरी र ३५ वर्षीया गौरी चौधरी  रहेका छन्। चालकको टाउकोमा चोट लागेको छ भने सुशिलको घुँडा, छाति, हातमा चोट लागेको छ। यस्तै गौरीको पनि टाउको, छातिमा चोट लागेको छ। तीनै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस