सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले मन्त्रालयका वेबसाइट अझै बनाएन

२०८१ कार्तिक २७, ०५:०८ खबर संवाददाता

धनगढीः प्रदेश सरकारले मङ्गवार (आज) सय दिनको उपलब्धि सार्वजनिक गरेको छ। सरकारले सय दिनको उपलब्धि सन्तोषजनक रहेको बताएको छ। तर, सुदूरपश्चिमका अधिकांश मन्त्रालय र मातहतका कार्यालयहरू भने अझै वेबसाइटविहीन छन्।

प्रदेशका चार मन्त्रालयसहित मातहतका कार्यालय वेबसाइट विहिन भएको चार महिना पुगेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय वेबसाइट विहिन छन्।

प्रदेश प्रमुखको कार्यालय, प्रदेश लेखा नियन्त्रण कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालय र प्रदेश नीति तथा योजना आयोगको पनि आधिकारिक वेबसाइट छैन। मुख्यमन्त्री शाहले भने प्रदेश सरकारका मन्त्रालय वेबसाइटविहीन हुनु दु:खद भएको बताएका छन्। उनले भने, ‘मैले तत्काल वेबसाइट सञ्चालनमा ल्याउन निर्देशन दिइसकेको छु।  वेबसाइटको समस्या एक-दुई दिनमै समाधान हुन्छ।’
 
 

कमेन्ट लोड गर्नुस