सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीलाई दिनुपर्छ भन्दै गौरीफन्टा नाकाबाट पैसा लिने २ जना अटो चालक पक्राउ

२०८१ कार्तिक २३, ०४:५६ खबर संवाददाता

धनगढीः नेपाल प्रहरीलाई पैसा दिनुपर्छ भन्दै कैलालीको गौरीफन्टा नाकाबाट पैसा लिने २ जना अटो चालक पक्राउ परेका छन्।

भारतको गौरीफन्टा नाकाबाट नेपाल आउदै गरेका कैलालीको गोदावरी नगरपालिका–२ अत्तरीयाका २७ वर्षीय लोकेन्द्र ओझाबाट पैसा लिने अटो चालक धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने २८ वर्षीय मानबहादुर बयाडी र धनगढी उपमहानगरपालिका–२ चौराह बस्ने ३१ वर्षीय करन बोहरा पक्राउ परेका हुन्।

नेपाल तर्फका सुरक्षाकर्मीहरुलाई पैसा दिनुपर्छ भन्दै ओझाबाट नगद भारतिय २ हजार मागि सुरक्षा संगठनलाई नै बदनाम गर्ने कार्य गरेको हुँदा अटो चालक दुबै जनालाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले आज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुबै जनालाई कानून बमोजिम कारवाही अगाडी बढाईएको प्रहरीले जनाएको छ। साथै ओझाको रकम नगद भारतिय २ हजारसमेत फिर्ता गराईएको छ।

कमेन्ट लोड गर्नुस