कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ
२०८१ कार्तिक २३, ०४:०२
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको कृष्णपुर नगरपालिका–६ बञ्जरियाबाट सोही ठाउँ बस्ने ३६ वर्षीय दिलबहादुर चौधरी पक्राउ परेका हुन्। चौधरीलाई ३५० मिलिग्राम लागूऔषध (खैरोहेरोइन)सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिलला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कमेन्ट लोड गर्नुस