सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट एक लाख बढीको अवैध सामान बरामद

साङ्केतिक
साङ्केतिक
२०८१ कार्तिक २३, ०८:०० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–११ चौकीसत्ता र दोधारा चाँदनी नगरपालिका–७ गौरीटोलबाट अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याएको अन्दाजी १ लाख २१ हजार ९४० मुल्य बराबरको खाध्य सामाग्री, किरानाका सामान, तथा कपडा बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस