हावाहुरी पीडितलाई गोदावरी चेम्बर अफ कमर्सको सहयोग
गोदावरी चेम्बर अफ कमर्सले हावाहुरी पीडितलाई सहयोग गरेको छ। हावाहुरीले घरवार बिहिन बनेकी गोदावरी नगरपालिका ओलानीकी हिमसरा बिकलाई सहयोग गरिएको हो। एकल महिला समेत रहेकी बिकका लागि २ कोठे ट्रष्ट बनाउन लागेको गोदावरी चेम्बर अफ कमर्सका अध्यक्ष बिनोद मल्लले जानकारी दिए।
उनले नेपाल चेम्बर अफ कमर्सको तर्फवाट ५० हजार रुपैया समेत सहयोग भएको र बाँकी गोदावरी चेम्बर अफ कमर्सले ब्यहोर्ने बताए। चेम्बर अफ कमर्सका पदाधिकारीहरुले २ कोठे ट्रष्टका लागि आवश्यक सामागी्रहरु संगै चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न समाग्री, ओड्ने बिछ्याउने बिस्तरा र खाना पकाउन चाहिने भाडाकुडाहरु पीडित विकलाई हस्तान्तरण गरेका छन्।