सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अबैध माछा र बोइलर कुखुरा सामान बरामद

२०८१ कार्तिक २२, ०८:१९ खबर संवाददाता

धनगढीः कैलालीमा अबैध माछा र बोइलर कुखुरा बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–१६ रामपुर, गोदावरी नगरपालिका–४ वनदेबी नजिक, टीकापुर नगरपालिका–४ मौरनिया, टीकापुर नगरपालिका–९ बालुवाटार र कैलारी गाउँपालिका७ रामपुरबाट अबैध माछा र बोइलर कुखुरा बरामद गरिएको हो।

करिब २ लाख ८७ हजार ७५५ मूल्यको प्याज, चिनी, दाल, साबुन, बदाम, हरियो खुर्सानी, केराउ, बिडी, सुर्ती, सिद्रा माछा, माछा, बोइलर कुखुरा, प्लाष्टिक झिल्ली, एक थान मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस