कैलालबाट अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१ कार्तिक २१, ०८:२८
धनगढीः कैलालबाट अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ३ वर्ष कैद सजाय र ३० हजार जरिवाना तोकिएको कैलारी गउँपालिका–८ बस्ने ४४ वर्षीय प्रताप सिंह चौधरी पक्राउ परेका हुन्। चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको हो।
कमेन्ट लोड गर्नुस