सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट दुई दिनमा ८ लाख बढीको अवैध सामान बरामद

२०८१ कार्तिक १४, ०५:३१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले दुई दिनमा ८ लाख बढीको अवैध सामान बरामद गरेको छ।

मंगलवार र बुधवार गरेर जिल्लाका  विभिन्न स्थानबाट अन्दाजी ८ लाख ८१ हजार ३२५ मुल्य बराबरको अवैध सामान बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टालीले अन्दाजी ४ लाख ३३ हजार १५०, इलाका प्रहरी कार्यालय गड्डाचौकीले ३ लाख ७५ हजार ४७०, प्रहरीचौकी परासनले ३७ हजार ७०५ मुल्य बराबरको अवैध सामान बरामद गरेको छ।

यस्तै प्रहरीचौकी बाबाथानले १० हजार र अस्थायी प्रहरी विट मझगाउँले २५ हजार मुल्य बराबरको सामान बरामद गरेको छ। बरामद गरेको किराना, फेन्सी, खाध्य तथा हार्डवेयरका सामान कारवाहीको लागि भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस