दार्चुलामा एक पुरुष मृत फेला
२०८१ कार्तिक १४, ०६:४५
दार्चुलाः दार्चुलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको व्याँस गाउँपालिका–४ मुलघट्टीस्थित महाकाली नदीको किनारमा सोही गाउँपालिका–३ सिना बस्ने ८० वर्षीय कल्याण डडाल मंगलवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
कमेन्ट लोड गर्नुस