सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अटो र जिप ठोकिदा दुर्घटना

२०८१ कार्तिक १३, ०९:०४

धनगढीः कैलालीको धनगढीमा अटो र जिप ठोकिदा दुर्घटना भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–५ हसनपुरमा अटो र पिकप जिप ठोकिएका हुन।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीले ०४७९ नम्बरको अटो र भे १ च ४१३९ नम्बरको जिप सोमवार आपसमा ठोकिएका बताएको छ। ट्राफिक प्रहरीले अटो चालक धनगढी उपमहानगरपालिका–३ का ४१ वर्षीय देव सिँह खत्री र उनकी श्रीमती ३९ वर्षीय हरिना खत्री घाइते भएकी बताएको छ। उनीहरूको निर्सग अस्पताल, धनगढीमा उपचार भएको छ। शुक्लाफाँटा नगरपालिकाका मेघराज भट्टले चलाएको जिपले अटोलाई ठक्कर दिएको हो।

 

कमेन्ट लोड गर्नुस