सुदूर नेपाललाई विश्वसँग जोड्दै

मालाखेती प्रहरी अत्तरियाले समात्यो ठुलो परिमाणमा तस्करीको सामान

२०८१ कार्तिक १३, १२:३७ खबर संवाददाता

धनगढीः इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया) ले ठूलो परिमाणमा तस्करीको सामान जफत गरेको छ।

आइतबार मात्र गोदावरी नगरपालिका–४ बाट भन्सार छलेर ल्याएको ऊनी कोट, स्टकोट, लेटिज सुइटर थर्मकोट, सेन्डु लगायत गरेर एक लाख ३५ हजार ७२० मुल्यको सामान बरामद गरेर त्रिनगर भन्सार कार्यालय चलान गरेको हो। इलाका प्रहरी कार्यालय मालाखेतीले असोज २४ गते गोदावरी नगरपालिका–१ बाट नेप्कीन पेपर १९ बण्डल स्काप ५० बण्डल र चाइनिज खानेकुरा ९ पेटी गरी करिब ४० हजार ६४० मुल्यको सामान बरामद गरेको थियो।

No photo description available.

यस्तै असोज २७ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–१ धनगढी–अत्तरिया सडकखण्डबाट ८ लाख १४ हजार मुल्यको मोवाइलका कभर र मोवाइल स्क्रिन गार्ड बरामद गरेर भन्सार कार्यालयमा बुझाएको छ।

May be an image of water heater and text

असोज २२ गते इलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी नगरपालिका–१ मुख्य सडक खण्डबाट एक लाख ६० हजार ५५० मुल्यको स्टेसनरी सामाग्री र पर्दा कपडा बरामद गरेर त्रिनगर भन्सार पठाइएको छ। यस्तै असोज १२ गते पनि इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखा र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–२ तेघरी र गौरीगंगा नगरपालिका–६ बनबेहडाबाट लेडिज कुर्ता सुट, ब्लाउज, जुत्ता–चप्पल, लेडिज सुट, ब्याट्री गरेर ७० हजार ७७० मुल्य पर्ने अबैध सामान नियन्त्रणमा लिएको थियो।

No photo description available.

असोज १० गते भने अबैध सामानसहित प्रहरीले एक जनालाई पक्राउ समेत गरेको थियो। इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुह र अस्थायी प्रहरी पोष्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट कञ्चनपुरको बेतकोट नगरपालिका–६ का २८ वर्षीय देवराज भण्डारीलाई स्टेशनरी र लेडिज कपडासहित पक्राउ गरेको हो।

May be an image of text

५ लाख ३ हजार २३० मुल्यको अबैध सामानसहित भण्डारीलाई भन्सार कार्यालय पठाइएको थियो। यस्तै असोज ८ गते इलाका प्रहरी कार्यालय मुसुरियाबाट खटिएको प्रहरी टोलीले गौरीगंगा नगरपालिका–११ सितापुरबाट ४५० किलो चिनी बरामद गरिएको थियो। असोज ३ गते अस्थायी पोष्ट गोदावरीबाट प्रहरी सहायक निरीक्षक कर्णबहादुर पार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–४ बाट २८ थान सुटपिस १४ थान कुर्ती गरेर २६ हजार ६ सय मुल्यको सामान बरामद गरेको छ।

May be an image of text

असोज २ गते गोदावरी नगरपालिका–१ अत्तरिया–धनगढी ६ लेन सडक खण्डको किनारामा बेवारिसे अवस्थामा चोरी गरेर ल्याएको इन्टरनेट केबल तार २० क्वाईल इन्टरनेट केबल तार ५ क्वाइल, इन्टरनेट राउटर २० थान, बोर्डर बक्स १० थान गरेर ६३ हजार १२५ मुल्यको सामान बरामद गरिएको छ। सोही दिन गोदावरी नगरपालिका–४ बाट ४० किलो चिनी र १९ प्याकेट लुगा धुने सोडा बरामद गरिएको थियो। इलाका प्रहरी कार्यालय मालाखेतीले नै भदौ २८ गते गोदावरी नगरपालिका–१ बाट विडी २३५ बण्डल, सुरपावर सुर्ती १५२ पाकेट, सुपारी ९६ पाकेट र चकलेट ४० पाकेट बरामद गरेको थियो।

May be an image of tea and text

कमेन्ट लोड गर्नुस