सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको भजनीबाट दुई जना लागुऔषधसहित पक्राउ

२०८१ कार्तिक १२, ०६:१८ खबर संवाददाता

धनगढीः कैलालीको भजनीबाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन्।

भजनी नगरपालिका–५ लालबोजीस्थित सडकबाट ८० मिलिग्राम लागुऔषधसहित दुई जनालाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१० दमौराका २९ वर्षीय दुर्गेश चौधरी र कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरीयाका ३० वर्षीय सन्जु चौधरी रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
 

कमेन्ट लोड गर्नुस