सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको गगुडामा पहिलो पटक बस सेवा सुरु भएपछि स्थानीय हर्षित

२०८१ कार्तिक १२, ०४:४९ खबर संवाददाता

डोटीः डोटीको बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा पहिलो पटक बस सेवा  सुरु भएपछि स्थानीय हर्षित भएका छन्।

गगुडाबाट धनगढीसम्म बस सेवा सञ्चालन हुने छ। पहिले धनगढीबाट गगुडा आउँदा तथा यताबाट धनगढी जाँदा दुई ठाउँमा गाडी बदल्नु पर्ने बाध्यता थियो तथा जिपवालालाई चर्को भाडा तिर्न बाध्य थियौँ, अब भने सहज हुने स्थानीय टेकस्मृती चन्दले बताए।

शैलेश्वरी यातायात प्रालिको सुदूरपश्चिम प्रदेश ०१०००६ को ३४९० नम्बरको बसले पहिलो पटक गगुडाबाट यात्रु लगेर सोमवार बिहान ७ बजे धनगढी प्रस्थान गरेको हो। सहजपुर, बोगटान, दीपायल सडक खण्डको दीपायलदेखि गगुडासम्म केही भाग पक्की तथा केही भाग डबल कटिङ गरिएसँगै बस सेवा सुरु भएको हो।
 

कमेन्ट लोड गर्नुस