सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा होटेल सञ्चालन गरिरहेका अछामका एक जना पक्राउ

२०८१ कार्तिक १२, ०७:२० खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा होटेल सञ्चालन गरिरहेका अछामका एक जना लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट अछामको चौरपाटी गाउँपालिका–१ घर भई हाल धनगढी बसपार्क स्थित प्रियंका होटेलका संचालक ३६ वर्षीय विजय साउँद पक्राउ परेका हुन्। साउँदलाई ३ ग्राम ३८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

कमेन्ट लोड गर्नुस