सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट भन्सार छलीका सामान बरामद

२०८१ कार्तिक ११, ०७:२२ खबर संवाददाता

 कैलालीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको टीकापुर नगरपालिका–८ बटनपुर र श्रीलंका स्थित सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब ६३ हजार ६४० मूल्य बराबरको सामान प्रहरीले बरामद गरेकोे हो।

उक्त मूल्य बराबरको चिनी, नरिवल, ग्याँस चुलो, डिस्पोजल पिलेट, साईकलको टायर, साईकलको ट्युव, कस्मेटिक लगायतका सामान इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी  टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस