धनगढीमा १३ जना जुवाडे पक्राउ
२०८१ कार्तिक ११, ०७:१०
धनगढीः कैलालीको धनगढीमा १३ जना जुवाडे पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–९ बङग्राकटान स्थित खेतबारीमा जुवातास खेलिरहेको अवस्थामा सोही स्थानका ३४ वर्षीय हरि बिष्टसहित ७ जनालाई नगद २८ हजार ५६० र १ गड्डी ताससहित प्रहरीले पक्राउ गरेको हो।
यसैगरी धनगढी उपमहानगरपालिका–७ बेलिबजार स्थित महेश चौधरीको घरबाट २९ वर्षीय हिक्मत थापासहित ६ जनालाइ नगद ६४ हजार २३५ र १ गड्डी ताससहित वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
कमेन्ट लोड गर्नुस