सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा श्रीमान–श्रीमती मृत फेला, हत्याको आशंका

२०८१ कार्तिक ९, १०:०१

धनगढी: कञ्चनपुरमा श्रीमान र श्रीमती मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको लालझाडी गाउँपालिका–१ बिनवारीमा रमेश्वर बडायक र कमला बडायकको शव फेला परेको हो। उनीहरू श्रीमान–श्रीमती हुन। लालझाडी गाउँपालिका–१ का वडाध्यक्ष प्यारेलाल रानाले रातिको समयमा टाउँको फुटेको अवस्थामा उनीहरूको शव फेला परेको बताए।

प्रदेश प्रहरीबाट अनुसन्धानका लागि कुकुरसहितको टोली घटना स्थलमा पुगेको छ। कञ्चनपुर प्रहरीको टोली पनि घटनास्थलमा छ। उनीहरूको हत्या गरिएको देखिएपनि अनुसन्धान जारी रहेको कञ्चनपुर प्रहरीले बताएको छ। घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त कुकुरसहितकाे टाेली पनि लालझाडी पुगेकाे छ।

 

कमेन्ट लोड गर्नुस