सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित २ जना भारतीय नागरिक पक्राउ 

२०८१ कार्तिक ९, ०७:२१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ पाँच नम्बर गल्लीबाट भारतीय युपी २२ एडी ७२६२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा भारत उत्तर प्रदेश जिल्ला रामपुर ग्राम हाजिर नगर बस्ने २६ वर्षीय रिहान अली र २८ वर्षीय गुफरान अलीलाई प्रहरीले पक्राउ गरेको हो।

दुबै जनालाई २८ दश्मलव ३५ ग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको जनाएको छ।   

कमेन्ट लोड गर्नुस