सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते

२०८१ कार्तिक ८, १०:४२ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–१४ बगपुर जङ्गलमा नम्बर नखुलेको  मोटरसाइकलको ठक्करबाट धनगढी–१४ कै ५० वर्षीया यसोदा राना घाइते भएको प्रहरीले जनाएको छ।

उनको सेती  प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। राना बेहोस अवस्थामा  रहेकी  छन्। ठक्कर दिन मोटरसाइकल चालकको परिचय खुलेको छैन्। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस