सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोखरामा थाल ठटाउँदै सहकारी बचतकर्ताको प्रदर्शन

२०८१ कार्तिक ८, ०६:०२ खबर संवाददाता

सहकारीका बचतकर्ताले रकम फिर्ताको दबाब दिँदै पोखरा बजारमा प्रदर्शन गरेका छन्।

सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति तथा सहकारी बचत पीडित संघर्ष समितिको आव्हानमा उनीहरू थाल बजाउँदै सडकमा निस्किएका हुन्। प्रदर्शनकारीले जीवी राई, छवि जोशी र रविको तस्बिरअंकित ब्यानर राखेर थाल थटाउँदै बचत फिर्ताको माग गरेका छन्।

गोर्खा मिडियामा लगिएको बचत फिर्ता गर्नुपर्ने, सहकारीको समस्यालाई फास्ट ट्रयाकबाट समाधान गर्नुपर्ने, गोर्खा मिडियाका सञ्चालकका विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने लगाएतका उनीहरुले माग राखेका छन्।
 

कमेन्ट लोड गर्नुस