सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको पुनर्वास नगरपालिकाका ५ सरकारी सवारीमा निजी नम्बर प्लेट

२०८१ कार्तिक ८, ०४:४४ कमल सावद

धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिकाका ५ सरकारी सवारी (मोटरसाईकलहरू)मा निजी नम्बर प्लेट राखिएको पाइएको छ। नगरपालिकाको दैनिक कामकाज बाहेकको समयमा समेत निजी नम्बर प्लेटका मोटरसाइकलहरु सञ्चालन हुने गरेका हुन।

जनप्रतिनिधि र कर्मचारीहरूलाई कार्यालयको समयमा सञ्चालन गर्न नगरपालिकाले साधनको सुविधा दिएको छ। तर, पुनर्वास नगरपालिका–६ का वडाध्यक्ष मित्र सिँह लामासहित पाँच जना कर्मचारीहरूले जर्वजस्ती नियम विपरीत निजी नम्बर राखेर सरकारी मोटरसाइकलको दुरुपयोग गर्दै आएका हुन्।

पुनर्वास नगरपालिका–६ का वडाध्यक्ष मित्र सिँह लामाले दुई वर्षदेखि बजाज कम्पनीको सुदूरपश्चिम प्रदेश ०१०–११ प ५९१ नम्बरको मोटरसाइकलमा निजी नम्बर (रातो नम्बर प्लेट) प्रयोग गरेका छन। उनीसँग अन्य चार जना कर्मचारीले पनि रातो नम्बर प्लेटमा सरकारी मोटरसाइकल चलाउदै आएका छन। एक वर्षदेखि उनीहरूले निजी सवारीका रूपमा सरकारी मोटरसाइकल सञ्चालन गर्दै आएका हुन।

प्रशासन अधिकृत कृष्ण भट्टले बजाज कम्पनीको सुदूरपश्चिम प्रदेश ०१–०११ प ८८९ नम्बरको मोटरसाइकल, लेखापाल मनिराज जोशीले बजाज कम्पनीकै सुदूरपश्चिम प्रदेश ०१–०१२ नम्बरको मोटरसाइकल, कम्प्युटर अपरेटर सन्तोष भट्टले यमहा कम्पनीको सुदूरपश्चिम प्रदेश ०१–०११ प ९३५ नम्बरको मोटरसाइकल र सहायक कम्प्युटर अपरेटर हिराबहादुर बिकले बजाज कम्पनीको लु.९७ प.३९९३ नम्बरको सरकारी मोटरसाइकलमा निजी नम्बर प्रयोग गरेर चलाउदै आएका छन्। उनीहरूले सरकारी नम्बरको ठाउँमा निजी नम्बर राखेका हुन।

पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टले वडाध्यक्ष र कर्मचारीहरूले पटक–पटक पत्राचार गर्दा पनि अटेर गर्दै आएका बताए। उनले भने, ‘म आउनु पहिलाबाटै सरकारी मोटरसाइकलहरू निजी नम्बरमा सञ्चालन हुँदै आएका रहेछन। बारम्बार पत्राचार गर्दा पनि अटेरी गर्ने गरिएको रहेछ। फेरि पत्राचार गरेको छौँ।’

वडाध्यक्ष मित्र सिंह लामाले कर्मचारीहरूलाई सरकारी नम्बर प्लेट राख्न भनेको बताए। उनले आइतवारसम्म सबै मोटरसाइकलहरूको मध्यावधिक गरिने र सरकारी नम्बर प्लेट राखिने बताए।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस