सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जंगलबाट ८ जना जुवाडे पक्राउ

२०८१ कार्तिक ८, ०८:०३ खबर संवाददाता

धनगढीः कैलालीबाट ८ जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–३ मुक्ति शिबिर स्थित जंगलको खुल्ला चौरबाट गोदावरी नगरपालिका–३ मालाखेती बस्ने ४१ वर्षीय जगत सुनारसहित ८ जना पक्राउ परेका हुन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नगद ३५ हजार ७७२ र २ गड्डी ताससहित पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस