सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ

२०८१ कार्तिक ८, ०७:५५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१८ भगतपुरबाट सोही ठाउँ बस्ने ३० वर्षीय दिनेश कठायत पक्राउ परेका छन्। कठायतलाई २ दश्मलव ०६ ग्राम लागूऔषध (खैरो हेरोइन)सहित लागूऔषध नियन्त्रण व्युरो महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस