कञ्चनपुरबाट वन र लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
धनगढीः कञ्चनपुरबाट वन र लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
लागूऔषध मुद्दामा २ महिना कैद सजाय तोकिएको जिल्ला भीमदत्त नगरपालिका–४ बजार बस्ने ३० वर्षीय संजय थापा, सोही मुद्दाका वेदकोट नगरपालिका-६ बस्ने दिवस अवस्थी र वन सम्बन्धी कसुर मुद्दामा १७ दिन कैद सजाय र ९ हजार ५२८ जरिवाना तोकिएको भीमदत्त नगरपालिका–९ सिद्धनाथ टोल बस्ने २५ वर्षीय लोकेन्द्र चन्द पक्राउ परेका हुन्।
जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार पक्राउ गरेको बताएको छ।