सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाबाट लागुऔषधसहित एक युवक पक्राउ

२०८१ कार्तिक ६, ०७:४१ खबर संवाददाता

धनगढीः कैलालीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका  छन्।

जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियाबाट सोहि पालिका–४ का २८ वर्षीय लोकेन्द्र बोगटी पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। बोगटीको साथबाट ६० मिलिग्राम लागुऔषध (हेरोईन) बरामद गरिएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाढी बढाएको छ।

कमेन्ट लोड गर्नुस