सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराबाट एक व्यवसायी बेपत्ता, कपडा र मोबाइल नदी किनारमा भेटियो

२०८१ कार्तिक ६, ०५:२८ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा एक व्यवसायी बेपत्ता भएका छन्। सोमबार बिहानदेखि परशुराम नगरपालिका–५ परीगाउँका ५३ वर्षीय खेमसिंंह प्वाली बेपत्ता भएका हुन्।

बेपत्ता प्वालीको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ। खोजी गर्ने क्रममा बेपत्ता प्वालीले लगाएको कपडा र मोबाइल परीगाउँस्थित महाकाली नदी किनारमा फेला परेको इलाका प्रहरी कार्यालय जेगबुढाका इन्चार्ज सुरज रोकायाले बताए। उनले महाकाली नदीमा हामफालेको आशंकामा सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर १५ जनाको टोली खटिएको उनले बताए।

कमेन्ट लोड गर्नुस