सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दुई लाख मुल्यको अबैध चिनीसहित दुई जना पक्राउ

२०८१ कार्तिक ६, ०३:४८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट दुई लाख मुल्यको अबैध चिनीसहित २ जना पक्राउ परेका छन्।

सोमबारराति सशस्त्र प्रहरी बलको टोलीले दुई लाख मुल्यको अबैध सामानसहित दुई जनालाई पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका–१८ फुलवारीस्थित थापाघाट सीमा इलाकाको बाटो हुँदै भारतबाट अबैध रुपमा भित्र्याइएको दुई सय ५० किलो चिनी र चिनी बोक्न प्रयोग गरिका मोटरसाइकल तथा तीनवटा साइकल बरामद गरिएको छ।

सशस्त्र प्रहरी निरीक्षक धनबहादुर नाथको कमाण्डमा खटिएको टोलीले चिनी तस्करीमा संलग्न धनगढी उहानगरपालिका–१८ का सुरज बिष्ट र २९ वर्षीय हरिष विकलाई पक्राउ गरेको छ। तस्करीमा संलग्न दुबै जनालाई कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ। केही युवाहरुले हो–हल्ला गरी धरपकड गर्न खोजेको र हवाई फायर गर्न खोजेपछि मात्र नियन्त्रणमा लिन सकिएको सशस्त्र प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस