नेपाल रानाथारु समाजको अध्यक्षमा कमल राना निर्वाचित
धनगढीः नेपाल रानाथारु समाजको अध्यक्षमा कमल सिं राना निर्वाचित भएका छन्।
समाजको ७औँ महाधिवेशनबाट रानाको नेतृत्वमा १५ सदस्यीय समिति निर्वाचित भएको हो। यस्तै समाजको उपाध्यक्षमा कन्दकला राना र डिट्ठा राना, महासचिवमा तीर्थराज राना, सचिवमा साहेब राना र भजन राना तथा कोषाध्यक्षमा चन्दा किरण राना निर्वाचित भएको निर्वाचन समितिले जनाएको हो।
सदस्यहरूमा अम्लेस राना, गोदावरी राना, दान सिंह राना, रतिता राना, लालमनी राना, शिव चरण राना, सरिता राना र सामु राना निर्वाचित भएका छन्।