कैलालीमा लागूऔषध र वन मुद्दामा फरार २ जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषध र वन मुद्दामा फरार २ जना पक्राउ परेका छन्।
लागूऔषध मुद्दामा १ महिना कैद सजाय र १५ हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका–३ कटानपुर बस्ने १९ वर्षीय समिर चौधरी र वन मुद्दमा ४४ हजार २८८ जरिवाना तोकिएको गोदावरी नगरपालिका–२ बस्ने ५५ वर्षीय पदमबहादुर जोरा पक्राउ परेका हुन्।
जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर गरेपछि फरार रहेका दुबैजनालाई शनिवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।