सुदूर नेपाललाई विश्वसँग जोड्दै

टर्कीमा बस दुर्घटना, ७ जनाको मृत्यु

२०८१ कार्तिक ३, १२:०७

एजेन्सी: मध्य अक्सराय प्रान्त टर्किएमा शुक्रवार यात्रुबाहक बस पल्टिँदा सात जनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन्। केही घाइतेको अवस्था गम्भीर छ। अधिकारीहरूले अझै ज्यान गुमाउनेहरूको पहिचान गर्ने काम भइरहेको बताएका छन्। अक्सरे प्रान्तीय गभर्नर मेहमेट अली कुम्बुजोग्लुले पर्यटक बस अक्सरे शहरबाट २५ किलोमिटर टाढा पल्टिएको थियो। घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ भने दुर्घटनाको अनुसन्धान सुरु गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन्। 

कमेन्ट लोड गर्नुस