सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपाले आज १ बजे धनगढीमा प्रदर्शन गर्ने

२०८१ कार्तिक ३, ११:५६ खबर संवाददाता

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो धनगढीमा शान्तिपुर्ण प्रदर्शन गर्ने भएको छ। रास्वपा पार्टी सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाले दिउँसो १ बजे धनगढीमा प्रदर्शन गर्न लागेको हो।

रास्वपा गोदावरी नगर सभापति दिपक ओझाले राजनीतिक प्रतिशोध विरुद्धको एक्यवद्धताका लागि शान्तिपुर्ण प्रदर्शन गर्न लागिएको बताए। शुक्रवार सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा रास्वपाका सभापति लामिछाने पक्राउ परेका छन्।

जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको थियो। लामिछानेलाई शुक्रवार नै स्थलमार्गबाट जिल्ला प्रहरी कार्यालय कास्की पु¥याइएको छ। लामिछानेलाई आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ।

कमेन्ट लोड गर्नुस