सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८१ कार्तिक २, ०४:३२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत आज (शुक्रबार) र भोली (शनिबार) बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यतालिका तय गरिएको हो।

धनगढी उपमहानगरपालिकामा ६ महिनादेखि ५ बर्ष सम्मका सबै बालबालिकालाइ भिटामिन ‘ए’ र १ बर्षदेखि ५ बर्षसम्मका बालबालिकालाइ जुकाको औषधि पनि खुवाइदैछ। भिटामिन ‘ए’ खुवाउने बुथ र समय बारेमा थप जानकारी लिन सम्बन्धित वडाका महिला स्वास्थ्य स्वंयसेविका तथा स्वास्थ्य संस्था प्रमुखसँग सम्पर्क राख्न उपमहानगरपालिकाले अनुरोध समेत गरेको छ।

कमेन्ट लोड गर्नुस