सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिभुवनबस्ती प्रहरीका इञ्चार्जको कन्चटमा हिर्काउने समूह २२ दिनसम्म पक्राउ परेन

पुनर्वासका मेलामा खडखडे खेल्दै युवाहरू
पुनर्वासका मेलामा खडखडे खेल्दै युवाहरू
२०८१ कार्तिक २, १२:०७ खबर संवाददाता

धनगढीः कञ्चनपुरको इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीका इञ्चार्ज महेश विक्रम शाहीको कन्चटमा हिर्काउने समूह २२ दिनसम्म पक्राउ परेको छैन। जिल्लाको पुनर्वास नगरपालिका–७ बुद्धचोकमा गत असोज १० गते राति ९ बजे खड्खडे (एक प्रकारको जुवा) खेलाउने र खेल्ने समूहलाई नियन्त्रण खोज्दा प्रहरी माथि आक्रमण भएको थियो।

स्थानीय युवाहरूको समूहले इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीका इञ्चार्ज शाहीसहित नौ जना प्रहरीमाथि आक्रमण भएको २२ दिनसम्म पनि उनीहरू पक्राउ परेका छैनन। शाहीको कन्चटमा रगत आउने गरेर हिर्काइएको थियो भने, अन्य प्रहरीहरू सामान्य घाइते भएका थिए। खड्खडे समूहले प्रहरीको भ्यानमासमेत तोडफोड गरेका थिए।

घटनाका विषयमा बुझ्न दोस्रो दिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक उमेशराज जोशी इलाका प्रहरी कार्यालय। त्रिभुवनबस्ती आएका थिए। जिल्लाको टोली इलाका प्रहरीमा आएपछि स्थानीयले प्रहरीमाथि भएको आक्रमणको घटनामा सङ्लग्नहरू पक्राउ पर्ने दाबी गरेका थिए। तर, घटनाको २२ दिन हुदा पनि उनीहरुलाई पक्राउ गरिएको छैन। उल्टै पुनर्वास क्षेत्रमा मेलाहरूमा खड्खडे खोलाउने र खेल्ने काम चलीरहेको छ। एक स्थानीयले भने, ‘अहिले पुनर्वास क्षेत्रमा मेलाहरू लाग्ने गरेका छन। मेलामा अहिले पनि खड्खडे हुन्छ। प्रहरीले रोक्न सकेको छैन। प्रहरीले आफै माथि आक्रमण गर्नेलाई त पक्राउ गर्न सकेको छैन। खेल कसरी बन्द गर्छ ?’

कञ्चनपुर प्रहरीले इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीका इञ्चार्ज शाहीसहतिका प्रहरीहरूमाथि आक्रमण गर्ने र भ्यानमा तोडफोड गर्ने समूहलाई २२ दिनसम्म पक्राउ गर्न नसकेको हो। तर, कञ्चनपुर प्रहरीले घटना अनुसन्धानकै क्रममा रहेको बताएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुख, प्रहरी उपरीक्षक चक्रराज जोशीले भने, ‘घटनामा संलग्नहरू उम्कन पाउँदैनन। हामी ती व्यक्तिहरूको खोजी गरी कार्बाही गरेर छाड्छौ। कुनै पनि दबाबमा रहेर घटनालाई दबाउन खोजेका छैनौ। तत्काल एक्सनमा जाने अवस्था थिएन।’ कञ्चनपुर प्रहरीले घटनाको मुचुल्कासमेत गरेको छ। तर, एक जनालाई पनि पक्राउ गर्न सकेको छैन।

यता, पुनर्वास नगरपालिका क्षेत्रका पसल तथा चोकहरूमा प्रहरीसमेत सुरक्षित नभएको भन्दै आलोचना हुन थालेको छ। प्रहरीले घटना सामसुन पर्न लागेको चर्चा हुन थालेको हो।

 

कमेन्ट लोड गर्नुस