धनगढीबाट लागुुऔषधसहित २ जना पक्राउ
२०८१ कार्तिक १, ०६:१०
कैलालीः कैलालीको धनगढीबाट लागुुऔषधसहित २ जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–१५ सुर्मीबाट ९ सय मिलिग्राम लागुऔषधसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।
धनगढी–१५ का २४ वर्षीय मनिराम राना र २४ वर्षीय हुकुमसिंह राना लागुुऔषधसहित पक्राउ परेका हुन्। प्रहरी चौकी कनरीबाट खटिएको प्रहरी टोलीले दुुबै जनालाई नियन्त्रणमा लिएको हो।
कमेन्ट लोड गर्नुस