सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन वर्षको अवधिमा जबरजस्ती करणीबाट १७० महिला पीडित

सुदूरपश्चिममा विवाहित महिला नै असुरक्षित

२०८१ असोज ३०, १०:२९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा विवाहित महिला नै असुरक्षित हुने गरेको पाइएको छ।

तीन वर्षको अवधिमा सुदूरपश्चिमका नौवटै जिल्लामा गरी एक सय ७० विवाहित महिला जबरजस्ती करणीको सिकार बन्न पुगेका छन्। जबरजस्ती करणीबाट पीडित बनेका महिलाहरुले पीडक विरुद्ध सम्वन्धित जिल्ला प्रहरी कार्यालयमा उजुरी नै दिएका छन्। जबरजस्ती करणीमा पाँच सय ३० जना पुरुष विरुद्ध पीडित महिलाले प्रहरीमा निवेदन दर्ता गरेका हुन्।

आर्थिक वर्ष २०७७/७८ देखि आर्थिक वर्ष २०७९/८० सम्म एक सय ७० महिला जबरजस्ती करणीको सिकार बन्न पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ। अन्य अपराधको तुलनामा सुदूरपश्चिममा जबरजस्ती करणीका उजुरी सबैभन्दा बढी आउने गरेको प्रहरीले बताएको छ।

तर जबरजस्ती करणी वा करणी उद्योगका मुद्दामा प्रमाण कमजोर भइदिँदा र प्रमाण नपुग्दा अधिकांशले सफाइ पाउने गरेका छन्। यस्तो घटनामा साक्षी नहुने र प्रमाण भेट्न पनि मुस्किल हुने गरेको छ। भएको घटनाभन्दा फरक र अन्य प्रयोजनले महिलाले उजुरी गर्ने भएकाले पनि कतिपय मुद्दा कमजोर बन्ने गरेका छन्।

मुलुकी अपराध संहिताको परिच्छेद १८ मा करणीसम्बन्धी कसुरमा यसलाई परिभाषित गरिएको छ । जसअनुसार कुनै पनि सर्त राखेर सम्बन्ध राख्न पाइदैन। दफा २१९ को उपदफा २ मा कसैले करकापमा पारेर, अपहरण, शरीर बन्धक गरेर वा होस ठेगानमा रहेको व्यक्तिको अनुमतिमै यौन सम्बन्ध स्थापित गरे पनि त्यसलाई करणी मानिने उल्लेख छ।

कमेन्ट लोड गर्नुस