सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना, एक जनाको मृत्यु

२०८१ असोज ३०, ०८:०५ खबर संवाददाता

धनगढीः कैलालीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ।

कैलालीको भजनी नगरपालिका–७ चर्रा स्थित हुलाकी सडक–खण्डमा से १ त १७८६ नम्बरको ट्याक्टर र से ६ प १०६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो।

दुर्घटना हुँदा मोटरसाइकल चालक कैलारी गाउँपालिका–५ बस्ने २२ वर्षीय आसिस कुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा गम्भिर घाईते भएका चौधरीलाई उपचारको लागि नवजीवन अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने २२ वर्षीय डेबिट चौधरी घाइते भएका छन्। डेबिटको नवजीवन अस्पताल धनगढीमा उपचार भईरहेको छ। ट्याक्टर र ट्याकटर चालक भजनी नगरपालिका–७ का ५२ वर्षीय शिब कुमार अहीरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।  

कमेन्ट लोड गर्नुस